NepaliEnglishGreekItalian
Event of the month :

बन्दीपुरका बारेमा
बन्दीपुरको वरपर
बस्ने व्यवस्था
नक्सा
चित्रहरु
बन्दीपुर इको–कल्चरल टुरिजम प्रोजेक्ट
चाड–पर्व
सूचना
लिङ्क
सम्पर्क

बन्दीपुर

वन्दीपुर हिमालयको काखमा अवस्थित एक सुन्दर, मनोरम र मनमोहक बजार हो । यो ठाउँ प्राकृतिक सौर्न्दर्यको लागि जति प्रसिद्ध छ त्यतिनै यहाँका बासिन्दा अथिति सत्कारको लागि प्रख्यात छन् । यो सानो तर सुन्दर ऐतिहासिक बजार नेपालको राजधानी काठमाडौं र अर्को सर्वप्रिय पर्यटकीय स्थल पोखराको बीचमा पर्दछ ।

पृथ्वी राजमार्गको डुम्रे बजार माथिको पहाडमा अवस्थित बन्दीपुर बजारले आगन्तुकहरुलाई आफ्नो सांस्कृतिक सुन्दरता र अनुपम दृश्यले सहजै आकर्षित गर्दछ । यो नेवार बजारले आफ्नो सदियौं पुरानो मिठास कायम राखेको छ । यो ठाउँले आगन्तुकहरुलाई इतिहास, निर्माण शैली, अविश्वसनीय दृश्य, आश्चर्यकित पार्ने गुफा र स्वच्छ प्राकृतिक छटाहरुको एउटा अनुपम मिश्रणले स्वागत गर्दछ ।

यो बजार आफैमा एक प्राकृतिक दृश्यावलोकन टाकुरोको रुपमा चर्चित छ । साच्चैनै यहाँबाट अन्नपुर्ण हिमाली श्रृंखलाको मनोहर विषद स्वरुप देखिनाको साथै धौलागिरी, मनास्लु र लाङ्गटाङ्गका सुन्दर दृश्यको आनन्द पनि लिन सकीन्छ । मनोरम हिमाली श्रृंखला र मर्स्याङ्गदी उपत्यकाको विहङ्गम दृश्यपान गराउनुका साथसाथै यो बजारले पर्यटकहरुलाई नेवार संस्कृतिलाई नजिकैबाट नियाल्ने मौका पनि प्रदान गर्दछ ।

राजधानी शहर बाहिर उपत्यकाको परिस्कृत संस्कृतिको नमुना झल्काउने यो बजारको प्राचीन सम्पदा र अनुपम प्राकृतिक छटाले गर्दा एउटा आदर्श र उपयुक्त आश्रयको रुपमा विकसित भएको छ । बन्दीपुर बजारले कलाकारिता देखि विहङ्गम प्राकृतिक दृश्यसम्मको विविधता पस्कने भएकोले हरेक व्यक्तिले आफ्नो चाहना अनुरुपको विषयमा समय खर्चन सक्दछन् ।

इतिहास
यो बजार केहि वर्षअघिसम्म आर्थिकरुपमा सम्पन्न व्यापारीक केन्द्र थियो । यसका सुन्दर र नवप्राचीन शैलीका घरहरु तथा झ्यालहरुले आफ्नो अतितको गौरव अझैपनि दर्शाईरहेका छन् । तनहुँको एउटा साधारण मगर गाउँलाई औलो नलाग्ने भएको कारणले भक्तपुरका नेवारहरुले आएर भारत र तिब्बत बिचको व्यापारको एउटा महत्वपूर्ण गढीको रुपमा विकसित गरे । आफ्ना व्यापारिक सीपका साथ साथै नेवारहरुले आफ्ना प्राकृतिक सम्पदा, भवन शैली, कालिगढी आदि पनि सँगै ल्याए जसले अहिले पनि बन्दीपुर बजारको मिठास र स्वरुपको परिचय दिईरहेको छ ।

बन्दीपुर बजार राणा शासनको बेलामा विसं (१८४६१९५१) विकासको उच्चतम अवस्थामा पुगेको थियो । यो बजारले त्यसबेलामा कस्तो इज्जत र गौरव कमाएको थियो भन्ने कुराको प्रमाणका रुपमा त्यसबेला यसले पाएको पुस्तकालय खोल्ने विशेष अनुमतिबाट पनि थाहा हुन्छ, जुन पुस्तकालय यद्दपि देख्न सकीन्छ । विसं १९५० मा तराईमा औलो उन्मूलन भएपछि यो बजारले विस्तारै आफ्नो महत्व गुमाउँदै गयो । सन् साठीको दशकमा तनहुँ जिल्लाको सदरमुकाम दमौलीमा सर्यो । सन् १९७३ मा बनेको पृथ्वी राजमार्गले पनि यो बजारलाई नछोईकन गएपछि यसको विकास क्रममा ठुलो धक्का लाग्यो । बजार र व्यापार सबै दमौलीमा सरेपछि यो ठाउँ विस्तारै भूत बजारको रुपमा परिणत हुन थाल्यो ।

पृथ्वी नारायण शाहले काठमाडौं शहरमा विजय प्राप्त गरेपछि व्यापारको नयाँ संभावना खोज्ने क्रममा बाहिरिएका नेवारहरुले अठारौं शताब्दीको उत्तर्रार्द्धमा बन्दीपुर बजारलाई उत्तरी पहाड र दक्षिणी मधेश जोड्ने व्यापारिक नाकाको रुपमा विकास गरेका थिए । यी नेवारहरुले आफ्नो परम्परा, कला र संस्कृति झल्कने बजार बसाउने क्रममा पगोडा शैलीका छाना, आँखी झ्याल, कुँदीएका ढोका आदीको उपयोग गरे । कलाकारिताको यस उत्कृष्ट नमुनाले आजपनि बन्दीपुरलाई नयाँ गन्तव्य बनाउन पर्यटकहरुलाई आकषिर्त गरिरहेको छ । (थप जानकारीका लागि पढनुहोस An Ethnohistorical Study of Bandipur)

जातजाति
शुरुमा गोरखा सेनामा नाम कमाएका मगर जातिको बाहुल्य रहेको भएतापनि आजको बन्दीपुर विभिन्न जातजाति र आस्थाका मानिसहरु बसोबास गर्ने मिश्रित थलो भएको छ । यो बजारमा लगभग बराबर संख्यामा बाहुन, क्षत्रि, नेवार, दमाई, कामी, सार्की, कसाई, मगर र गुरुङ्गहरु बसोबास गर्दछन् ।

मौसम
हिउँद

हिउँद ॠतुको शुरुवात सेम्टेम्बरअक्टोबर (मंसीर) मा हुन्छ भने अन्त्य जनवरीफेब्रुवरी (माघ) मा हुन्छ । यो मौसममा तापक्रम बढीमा १८२१ डिग्री देखि कममा २३ डिग्री सेल्सियस सम्म रहन्छ । यो मौसममा आकाश खुल्ला हुने हुनाले सुन्दरतम हिमाली दृश्य अवलोकन गर्न यो समय सार्है‌ राम्रो मानिन्छ ।

गर्मी
फागुन देखि असार महिनासम्म गर्मी मौसम रहन्छ जुनबेला तापक्रम बढिमा ३२३३ डिग्री देखि कम्तिमा १२१३ डिग्री सेल्सियस सम्म रहन्छ ।

वर्षा
असार महिनामा शुरु हुने वर्षात मौसम भदौ महिनासम्म रहन्छ । वर्षातमा यहाँ पानी मज्जाले पर्दछ ।

अवस्थिती
बन्दीपुर बजार गण्डकी अञ्चलको तनहुँ जिल्लामा पर्ने महाभारत पर्वत श्रृंखलाको १,०३० मीटरको उचाईमा अवस्थित छ । यो बजार काठमाडौबाट १४३ कि.मी. पश्चिम, पोखराबाट ७३ कि.मी. दक्षिण, चितवनबाट ७० कि.मी. उत्तर तथा डुम्रे बजार (काठमाडौं पोखरा राजमार्ग) बाट ८ कि.मी.को दूरीमा अवस्थित छ । (नक्सा)

कसरी पुग्ने बन्दीपुर
सडक मार्गबाट
काठमाडौंपोखरा राजमार्गमा पर्ने डुम्रे बजारमा पुगेपछि त्यहाँबाट डुम्रेबन्दीपुर चल्ने लोकल बसबाट बन्दीपुर सजिलै पुग्न सकीन्छ ।

पुरानो बाटोबाट
पैदल हिडेर मनोरञ्जन लिन चाहने व्यक्तिहरु डुम्रेबजार बाट सिधै २ घन्टाको उकालो चढेर बन्दीपुरको टुँडिखेल पुग्न सक्दछन् । टुँडिखेलबाट बन्दीपुर बजारको मुख्य भागमा पुग्न ५ मिनेट मात्र लाग्दछ । यो उकालो बाटोबारे स्व. कवि मविवि शाहले एउटा गीत कोरेका छन् बन्दीपुरे उकाली लामो

सिद्ध गुफाको बाटो
कम मान्छे हिंड्ने तथा प्राकृतिक दृश्यको आनन्द लिदै जाने हो भने विमलनगरबाट सिद्ध गुफा हुँदै जाने अर्को बाटो छ । यो सिद्ध गुफालाई एशिया महादेशकै सबैभन्दा ठुलो गुफा मानिन्छ । यो बाटोबाट करिब डेढ घण्टामा बन्दीपुर बजार पुगिन्छ ।

 
Designed & Developed by IT Soft